शिक्षा सेवा आयोगको अध्यक्षमा मधु रेग्मी नियुक्त

आजभोलि

काठमाडौं । सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय पनि सरकारले गरेको छ । आचरण विपरित काम गरेकाले महाप्रबन्धक भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी ।

सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र अतिथि सम्पादक गोपाल खनालले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको बताएका छन् ।

सरकारले कोभिड नियन्त्रणका लागि एडीबीले दिएको करिव २३ अरव ५८ करोड ऋण सहायता स्विकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली –२०७८ पनि स्वीकृत गरिएको छ ।

मन्त्रीपरिषद बैठकले नेपाल प्रशासन सेवाको समूहीकरण क्लष्टर तर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव हरिप्रसाद मैैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको बताएका छन् ।

सरकारले राष्ट्रिय विभुषण छनौट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उपकाश प्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त पनि गरेको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !