काठमाडौं । एमालका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आज एकैदिन दुई बैठक बस्दैछ । पहिले स्थायी कमिटी बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
एमाले अध्यक्ष केपी ओलीले ‘माधव नेपाल पक्षसँग एकताको च्याप्टर क्लोज’ भनेसँगै नेपाल पक्षको एकैदिन दुई बैठक बोलाइनुले धेरैले अनेक आशंका गरेका छन् । कतिपयले कतै आजै नेता नेपालले नयाँ पार्टी त गठन गर्न लागेका होइनन् भन्ने अनुमान गरेका छन् ।
केहीले भने पार्टी एकताको गृहकार्य अन्तिममा पुगेकाले दुवै बैठक राखेर निर्णय गर्न लागेको अनुमान गरेका छन् । नेपाल पक्षले बैठकमार्फत् आजै वार कि पारका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।
जसमा ४० प्रतिशतको हस्ताक्षर संकलन भइसकेकाले नयाँ पार्टी पो गठन हुने हो कि भन्ने चासो उत्पन्न भएको छ ।