एमाले र माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नेको ओइरो

आजभोलि

काठमाडौं । चितवनमा एमाले तथा माओवादी केन्द्रका नेता कार्यकर्ता सत्तारुढ दल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । इच्छाकामना गाउँपालिका– ४ कुरिनटार हिजो शनिबार एमाले तथा माओवादीका १ सयभन्दा धेरै नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले स्वागत गरेका हुन् । एमालेका जिल्ला कमिटी सदस्य चन्द्रबहादुर परियार र माओवादी केन्द्रका संगठित पार्टी सदस्य चन्द्रबहादुर प्रजासहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाल तरुण दल इच्छाकामना गाउँपालिकाका अध्यक्ष जीवन सिलवालसहितका युवाहरूको पहलमा एमाले र माओवादीका जिल्लास्तरका नेताहरू कांग्रेसमा प्रवेश गरेको चितवन कांग्रेसले जनाएको छ । सभापति श्रेष्ठले एमाले र माओवादीबाट प्रवेश गरेकाहरूलाई याग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस चितवनका उप–सभापति कैलाश कोइराला, जिल्ला सचिव उत्तम जोशी, नेपाल तरुण दल इच्छाकामनाका अध्यक्ष जीवन सिलवाल, वडा नम्बर ४ का कार्यवाह अध्यक्ष मुक्ति सिलवाल, प्रवक्ता सावित्री गुरुङ र वडा नम्बर ३ का सभापति बुद्धिप्रसाद सिलावललगायतको उपस्थिति रहेको थियो ।

एमालेका नेता देवी ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल चितवनमा अलोकप्रिय बन्दै गएका बेला एमाले र माओवादीका जिल्लास्तरीय नेताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !