न्यूनतम साझा कार्यक्रम सार्वजनिकसँगै मन्त्रिपरिषद् विस्तार

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन भएको २७ दिन बितिसकेको छ । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । जसकारण सरकार सशक्त ढंगले अघि बढ्न नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ आज सार्वजनिक हुँदैछ ।

सिंहदरबारमा ४ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा साझा कार्यक्रम सार्वजनिक गरिने छ । गठबन्धनको कार्यदलले तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइसकेको न्यूनतम साझा कार्यक्रम आज औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो ।

कांग्रेसमहामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदलले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो ।

साझा कार्यक्रममा कोभिड–१९ रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको छ भने सहमतिका आधारमा संविधान संशोधन, संघीयता सुदृढीकरणलगायतका विषय समेटिएको छ । साझा कार्यक्रममा मन्त्रीहरूबारे कडा आचारसंहिता निर्माण गरिएको छ । आचरणविपरीत कार्य गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले सिधै बर्खास्त गर्नसक्नेछन् ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !