सीजी नेटले बजार विस्तार आक्रामक ढंगले अगाडि बढायो

आजभोलि

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले आक्रामक ढंगले बजार विस्तार गर्न थालेको छ । सीजी ग्रुपद्वारा सञ्चालित इन्टरनेट सेवाप्रदायक कम्पनीले महिनाको ९९९ रुपैयाँमा १२० एमबीपीएस सिजी नेट उपलब्ध गराउन लागेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीमा कान्छो मानिएको सीजी नेटले आफ्नो सेवा क्षेत्र पनि बढाउँदै लगेको छ । कम्पनीले दुईसाता भित्र काठमाडौंका विभिन्न ६ स्थानमा सेवा बिस्तार गरिसक्ने जनाएको छ । यहिं साउन २३ देखि भदौ ३ सम्ममा सतुंगल, महराजगञ्ज, बालाजु, छाउनी, कोटेश्वर र कलंकीमा सेवा विस्तार गर्ने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

यसअघि सीजी गु्रपले जेठ १८ देखि औपचारिक रुपमा ललितपुरको जावलाखेल, झम्सिखेल लगायतका स्थानबाट फाइबर इन्टरनेट सेवा सुरु गरेको थियो । गत असार ३१ बाट सिजी नेट काठमाडौं प्रवेश गरेको हो ।

काठमाडौंको कुलेश्वर, बल्खु, कालिमाटी, टेकु, त्रिपुरेश्वरसहितका क्षेत्रमा सीजी इन्टरनेट प्रयोगमा आइसकेको छ । सीजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप (इन्ट्रडक्टरी अफर) तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ ।

यो प्याकेज १, ३, ६ र १२ महिनामा उपलब्ध गराएको छ । आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा लिन सक्ने जनाइएको छ । खरिद गर्दा जडान र ड्रप–वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नुनपर्ने जनाइएको छ ।

सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ मात्रै रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !