नेपाली कांग्रेसको पदाधिकारी बैंठक बस्दै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनको तयारीबारे छलफल गर्दैछन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल गरेका हुन् ।

महाधिवेशन सार्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । सो बैठकअघि उनी आफू निकट नेताहरुसँग छलफल गरेका हुन् । पार्टी नेतासँगको छलफल पनि देउवाले आफ्नै निजी निवास बूढानीलकण्ठमा गर्दैछन् ।

कोरोना महामारी र क्रियाशील सदस्यता वितरण टुंगो नलागेकाले कम्तीमा मंसिरसम्म महाधिवेशन सार्नेबारे कांग्रेसमा बहस चलिरहेको छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने अडानमा छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बिहीबार बस्दैछ । बैठकअघि महाधिवेशनका विषयमा आजको पदाधिकारी बैठकमा ठोस निर्णय गरिने कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

 

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !