कीर्तिपुर ।
दुई महिना लामो अान्दोलन र चार दिन देखिको अामरण अनशनमा सम्बन्धित निकाय बेखबर जस्तै बनेको छ ।
नेपाल अांशिक प्राध्यापक महान चाडमा पनि अामरण अनशनमा छन् भने त्रिवि पदाधिकारीहरु अांशिकको समस्यामा अझै गम्भीर बनेका छैनन् ।
डा. महेश कुमार गजुरेल अनशनमा छन्, श्वास्थ्य अवस्था बिग्रँदै गएको छ, सह अध्यक्ष ठमेन्द्र खतिवडाले बताए । उनले भने “शैक्षिक शोषणको लडाइँ यसपटक पूरा नभईन्जेल अन्त्य हुनेछैन” ।
अांशिकलाई करार गरिनुपर्ने माग सहित अान्दोलनरत अांशिक प्राध्यापकहरुले शिर्षस्त दलका नेताहरुलाई भेटेर समस्या समाधानमा निकायलाई दवाव दिन सहयोग मागेका छन् । उनिहरुले डा. गजुरेलको जीवन रक्षाको लागि अाग्रह गरेका छन् ।
दलका नेता तथा कुलपति सकारात्मक हुँदापनि शिर्षकले मन्त्रीपरिषदमा स्थान नपाउँदा अान्दोलन जारी छ । सरोकारवाला निकायहरु सम्बन्धित निकायको लापरबाहीले कसैको जीवनमाथि खेलवाड गर्न नहुने भन्दै थप अाक्रोसित बनेका छन् ।