आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

आजभोलि

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएकाले अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा हिजो बुधबार पदाधिकारी बैठक बसेको थियो । हिजो बुधवार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नभएको कुरा स्पष्ट पारिएको छ ।

त्यसकारण जसरी पनि महाधिवेशनको मिति सार्नवाध्य भएको निष्कर्ष निकालिएको छ । यसरी मिति पर त सार्ने तर कहिलेसम्म र कसरी सार्ने भन्ने विषयमा छलफल भइरहको छ ।

त्यसको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमति अझै हुन सकेको छैन । दुई शीर्ष नेताबीच सहमति भएपछि दिउसो पार्टीको केन्द्रीय कमिटिबाट महाधिवेशनको मिति टुंगो लाग्ने छ ।

 

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !