हिमालयन बैंकको खुद नाफा ३ अर्ब पुग्यो

आजभोलि

काठमाडौं । ब्याज आम्दानी घटेपनि हिमालयन बैंकले ३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा हिमालयन बैंकले १५ प्रतिशतले नाफा बढाएर गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको छ।

अघिल्लो वर्ष हिमालयन बैंकको नाफा २ अर्ब ५८ करोड थियो । हिमालयन बैंकको ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ८२ करोड रहेको हिमालयन बैंकको ब्याज आम्दानी गतवर्ष ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

बैंकले अन्य संचालन आम्दानी बढाएको कारण नाफा बढाएको हो । १० अर्ब ६८ करोड चुक्ता पूँजी रहेको हिमालयन बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब १६ करोड गरेको छ ।

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ । असार मसान्तसम्ममा हिमालयन बैंकमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !