मेगा बैंकको नाफा ४५ प्रतिशतले बढोत्तरी

आजभोलि

काठमाडौं । मेगा बैंकले गतवर्ष ४५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आब मेगा बैंकको नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

ब्याज आम्दानी तथा कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा मेगा बैंकले ४५ प्रतिशतले नाफा बढाउन सफल भएको हो । बैंकको गतवर्ष ब्याज आम्दानीबाट ५ अर्ब ८० करोड कमाएको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १७ करोड थियो ।

१४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ५१ करोड गरेको छ । बैंकले असार मसान्तसम्ममा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ३७ अर्ब छ । कर्जा निक्षेप अनुपात ८२ दशमलब ६९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले गतवर्षदेखि कर्जा निक्षेप अनुपात ८५ प्रतिशत सिमा बनाएको छ । १२ दशमलब ९८ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकको खराब कर्जा अनुपात १ दशमलब २६ प्रतिशत रहेको छ । बैंकको अघिल्लो वर्षको भन्दा स्प्रेड तथा बेसरेट घटेको छ ।

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !