ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सम्झौता

आजभोलि

काठमाडौं। ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा दिने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नायव महाप्रवन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जन बीच हस्ताक्षर भएको हो।

बैंकले क्लासिक भिल्लाले ललितपुर धापाखेलम निर्माण गर्ने आवासीय घर खरीदमा सहुलियत ब्याजमा कर्जा दिने भएको छ । यो परियोजनाको बैंकिङ पार्टनरको रुपमा ग्लोबलनै रहने छ। बैंकले घर कर्जाका लागि ७ दशमलब ९९ ब्याजदरको योजना सार्वजनिक गरेको छ ।

क्लासिक डेभलपर्सले १६७ युनिटको क्लासिक टावर अपार्टमेन्टपछि दोस्रो परियोजनास्वरुप हाउजिङ निर्माण गरिरहेको छ। यसअघि ललितपुरको हात्तीवनमा पहिलो रियल इस्टेट परियोजना क्लासिक टावर निर्माण गरेको थियो।

‘क्लासिक रेसिडेन्सी’ नाम दिइएको हाउजिङ परियोजना करिब दुई अर्ब रुपैयाँ लगानीमा ८४ घरहरु निर्माण भइरहेको छ। कुल ३५ रोपनी क्षेत्रफलमा निर्माण हुने क्लासिक रेसिडेन्सीका घरहरु चार विभिन्न डिजाइनमा निर्माण हुने छ। चार, पाँच र ६ आना गरी तीन वटा प्लटमा घरहरु निर्माण भइरहेका छन्।

साढे दुई तलाका घरहरु २३ सय ४५ र २६ सय ३१ वर्गफीट बिल्टअप एरियाको हुनेछ। चार भिन्न डिजाइनमा निर्माण हुने घरहरुमध्ये टाइप ए र बी २६ सय ३१ वर्गफीट र सी र डी टाइपका घर २३ सय ४५ वर्गफीटको हुनेछ । घरहरुको न्यूनतम मूल्य तीन करोड ६५ लाख रुपैयाँ छ।

कम्पनीले अहिले ६ वटा मकअप घरहरुको निर्माण अन्तिम चरणमा पुर्याएको र २९ वटा घरहरुको निर्माण सुरु गर्ने बताए। परियोजनाका करिब ६० प्रतिशत घरुहरु बुकिङ भइसकेको दाबी र साढे दुई वर्षभित्र घरहरु हस्तान्तरण गर्ने योजना छ।

२०७६ असोजबाटै बुकिङ खुला गरेको क्लासिकले चैतमा सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै परियोजना निर्माण एक वर्ष पर सारेको थियो। क्लासिक रेसिडेन्सीमा बन्ने घरहरु स्मार्ट हुने छन्।

‘स्मार्ट होम फर स्मार्ट फ्यामली’ भनिएका घरहरुमा स्वचालित लाइटिङ प्रणाली जडान गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !