माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा

आजभोलि

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको छ । संघीय सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।

लुम्बिनी प्रदेशमा सत्ताको नेतृत्व हात पारेपछि माओवादी केन्द्रको स्थायी समिति बैठक पहिलो पटक बसेको हो । बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुनलगायत नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा माओवादी नेताहरू अरु दिनको तुलनामा आज उत्साहित देखिन्थे । लुम्बिनी प्रदेशमा नसोचेको सफलता हात पारेपछि नेताहरूमा खुसियाली छाएको हो ।

लुम्बिनीमा माओवादी स्थायी समिति सदस्य कुलबहादुर केसी मुख्यमन्त्री बनेका छन् । योसँगै तीनवटा प्रदेशमा माओवादी नेतृत्वको सरकार बनेको छ । संसदको तेस्रो ठूलो दलले तीन–तीनवटा प्रदेशमा सरकार बनाउन सफलता पाउनु ठूलै प्रगति मानिन्छ ।

 

 

 

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !