काठमाडो । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।
आज राति १२ बजेदेखि बृद्धि गरिएको नयाँ मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुग्ने छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।
खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब अतिआवश्यकमा पर्ने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।