नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ। कांग्रेस नेतृत्व क्रियाशील सदस्यता विवादलाई लिएर लामो समयदेखि १४ औं महाधिवेशनप्रति अनिर्णयको बन्दी बनेको थियो ।

क्रियाशील सदस्यता विवाद सुल्झाउँद सोमबार राति कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता तिवेदन बुझाएका छन् ।

उनीहरुले बुढानीलकण्ठस्थित देउवा निवासमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । कांग्रेसले भदौ १८ देखि वडा अधिवेशनको मिति यसअघि नै तय गरिसकेको छ ।

क्रियाशील सदस्यता विवाद टुंगिएपछि अब अधिवेशनको बाटो खुल्ला भएको छ । कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पनि सार्वजनिक गरेको छ।

 

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !