ग्लोबल आइएमई बैंकले ल्यायो वर्षलक्षित नयाँ योजना

आजभोलि

काठमाडौं । ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको घरआँगनमा आइपुगेको महान पर्व हरितालिका तीज र बाबुको मुख हेर्ने दिन कुशे औंसी लक्षित क्यासब्याक योजना ल्याएको छ ।

बैंकले भदौ २१ र कुशे औसीको दिन २२ गते बुबाको लागि कुनै उपहार खरीद गर्दा गिफ्ट टू फादर लेकेर क्युआर कोडमार्फत भुक्तानी गरेमा २० प्रतिशत (तीन सय सम्म) क्यासब्याक उपलब्ध गराउने जनाएको छ ।

बैंकले घोषणा गरेको छ,‘भदौ २३ गते फूडमाण्डूबाट खाना मगाउँदा बैंकको डेविट÷क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत (पाँच सय रुपैयाँ)सम्म क्यासब्याक पाइनेछ। क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई प्राथमिकतामा राखेको छ।

बैंकमा ’नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिओएस इसिओएममार्फत तीन हजार वा सो भन्दा बढी भुक्तानीमा तीन सय क्यासब्याक उपलब्ध गराइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो योजना भदौ १६देखि ३१ गतेसम्म मात्र लागु हुने पनि बैंकले जनाएको छ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !