वागमती र प्रदेश १ का मुख्यमन्त्री दुवै अल्पमतमा

आजभोलि

काठमाडौं। नेकपा एमालेको तर्फबाट हालै नेकपा एमालेको तर्फबाट हालै वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए।

आचार्य र अष्टलक्ष्मीले एक महिदाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। तर, अष्टलक्ष्मी शाक्यले भने मुख्यमन्त्रीको पद जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताउँदै आएकी छन्।

त्यसकारण विश्वासको मत लिन नसकेपछि शाक्यको मुख्यमन्त्री पद गुम्ने निश्चित प्रायः छ। एता मुख्यमन्त्री शाक्यको ठाउँमा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी रहेको बुझिएको छ।

मुख्यमन्त्री शाक्यले आचार्यले पद छाड्ने तर एमाले पार्टी नछोड्ने अडान राखेकी छन् । तर अल्पमतमा परेको भन्ने बाहिर आएजस्तो अवस्था छैन। वागमतीको प्रदेशसभा ११० सदस्य हुने भएकाले सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

नेकपा (एस) रोज्ने सांसदहरूमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल छन्। एमाले फुटेपछि अब एमालेले यसअघि रहँदै आएको एकल बहुमत गुमाएको छ।

नेपालतर्फका सांसदले प्रदेश नम्बर १ मा जस्तै एमाले छोड्ने सम्भावना रहेको भनिएका बेला मुख्यमन्त्री अल्पमतमा पर्ने आकलन गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनाल र अर्का नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगमा आफूलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्यका रूपमा सनाखत समेत गराएका छन्।

योसँगै अब शाक्यको ठाउँमा एकीकृत समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी रहेको विवरणहरू पनि आएका छन्। तर शाक्य भने एक÷दुई जना सांसद यताउता हुँदैमा अप्ठ्यारो पर्ने अवस्था नरहेको बताएकी छन्।

उनले भनिन्– मैले कहिल्यै पदको लागि नैतिकता त्यागेकी छैन। त्यसैले अर्को पार्टीमा गएर पद जोगाउँछु भन्ने एक रत्ती पनि छैन। एमालेमा भएको गहिरो मतभेद मिलाउने क्रममा भीम आचार्य र अष्टलक्ष्मी शाक्य हालै मुख्यमन्त्री नियुक्त भएका हुन्।

शाक्य र आचार्यले मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने छ। प्रदेश १ मा ९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१, नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक सांसद छन्।

अहिलेसम्म एमालेबाट १० जना सांसद एकीकृत समाजवादीमा आउने भनेर खुलि सकेका छन्। तर निर्वाचन आयोगले भने अनुसार उनीहरू सनाखतको प्रक्रियामा जान भने बाँकी नै छ।

उनीहरू निकट रहेका नेता माधवकुमार नेपालले एमालेबाट अलग्गिएर खोलेको नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ। पार्टी फुटेपछि एमालेसँग पहिले रहेको बहुमत कायम हुन नसक्ने भएकाले उनीहरूको मुख्यमन्त्री पद धरापमा परेको बताइएको छ।

नयाँ पार्टीको संसदीय दलको नेतामा माधव नेपाल आइतवार चुनिए पछि उक्त दलका तर्फबाट सांसद विरोध खतिवडाले एमालेबाट मुख्यमन्त्री बनेका शाक्य र आचार्यको मुख्यमन्त्रीको भविष्यबारे सोधिएको प्रश्नमा गठबन्धनकै मुख्यमन्त्री बनाउन पहल गरिने प्रतिक्रिया दिएका थिए।

उनले भनेका थिए– अहिले बन्नु भएका मुख्यमन्त्रीहरू नेकपा एकीकृत समाजवादीमा बस्नु भयो भने गठबन्धनले त्यसै अनुसार सोच्न सक्छ। होइन, वहाँहरू बस्नु भएन भने गठबन्धनले आफ्नो मुख्यमन्त्री ल्याउने प्रयत्न गर्छ।

एकीकृत समाजवादी पार्टीका प्रतिनिधि सभा सांसद बिरोध खतिवडाले यस्तो अभिव्यक्ति दिएका बेला प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले चार दशकदेखि लागेको पार्टी पदकै लागि छोड्न नसक्ने बताएका छन्। उनले भने– म ४० वर्षदेखि लागेको पार्टी हो, पदका लागि छोड्दिँन।

विश्वासको मतको सामना गर्छु । पार्टीको तुलनामा पद गौण कुरा हो। पदलाई अगाडि राखेर आफ्नो पार्टीमाथि बन्चरो चलाउन सकिँदैन भन्दै उनले आफू अल्पमतमा परेको भन्ने निश्चित नभएको दाबी गरेका छन्।

अहिलेसम्मको अवस्थामा म सामना गर्छु र मैले जित्छु नै भन्ने लागेको छ र योभन्दा अवस्था तल नझरोस् भन्नेमा मेरो ध्यान केन्द्रित छ– मुख्यमन्त्री आचार्यले भने । केही सांसदले दल एउटा रोजे पनि मान्छे अर्को दलको रोज्ने हुनसक्ने भएकाले अहिले नै अल्पमत भन्न नसकिने उनले बताए ।

आफू एकीकृत समाजवादीमा जाने भए पहिला नै गइसक्ने दोहो¥याउँदै उनले विश्वासको मत पाउने आशा रहेको बताए । निर्वाचन आयोगले प्रदेश सांसदहरूलाई दल रोज्न दल दर्ताको निवेदन परेको मितिबाट तीन साताको म्याद दिएको छ ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको छ । ‘

आयोगले आइतवार प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरूलाई परिपत्र गरेर २२ गतेभित्र पार्टी छोड्न चाहने निर्वाचित प्रतिनिधिहरू आफैँ उपस्थित भई सनाखत गराउन निर्देशन दिएको हो । प्रदेश प्रतिनिधिहरूको सनाखत सकिएपछि प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीको पद के हुने भन्ने निश्चित हुन्छ। दुवै

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !