काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीले पति राज कुन्द्रासँग वैवाहिक सम्बन्ध तोड्ने भएकी छिन् ।
अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेसँगै शिल्पा आफ्ना व्यवसायी पति राजको घर छाड्ने तयारीमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । शिल्पाले पति राजलाई छोड्ने तयारी गरेको उनका नजिकका साथीहरुले बताउँदै आएका छन् ।
अश्लील भिडिओ निर्माणमा राजको संलग्नताले शिल्पालाई आघात पारेको उनीहरुको भनाइ छ । शिल्पाले आफ्ना सन्तानलाई पनि श्रीमानको अवैध सम्पत्तिबाट टाढा राख्न चाहेको बताइएको छ । सन् २००९ मा राजसँग विवाह गरेकी शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन्।