भक्तपुर । आजबाट सुरु नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरको १४औँ अधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएको छ । आज बिहानैदेखि पार्टीको निर्धारित कार्यतालिकाअनुसार जिल्लाका चार नगरपालिकाका ३८ वडामा आज अधिवेशन सुरु भएको जिल्ला सभापति दुर्लभ थापाले आज जानकारी दिए ।
उनले भने, “आजबाट कांग्रेसको महाधिवेशनको चरण सुरु भएको छ, त्यसअन्तर्गत आज भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा अधिवेशन सम्पन्न हँुदैछ, मैले सूर्यविनायक नगरपालिका–५ र मध्यपुरथिमि नगरपालिका–४ को वडा अधिवेशनको अवलोकन गर्दै वडा अधिवेशन सुरु हुनेछ, सबै वडामा सर्वसहमतिको नेतृत्व चयनको प्रयास जारी छ ।”
जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसम्मत गरिसकेको बताउँदै उहाँले बाँकीमा पनि नेतृत्व चयनमा सर्वसम्मतको प्रयास जारी रहेको जानकारी दिनुभयो । कांग्रेसले जिल्ला अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेललाई चयन गरेर अधिवेशन सुरु गरेको छ ।