बझाङका साँसद ‘स्नेही’ रसाइलीद्वारा बाढीपीडितका लागि उद्दार र राहात प्याकेज माग

आजभोलि

काठमाडौं। तीन दिनदेखि परेको अविरल बेमौसमी वर्षाका कारण सुदूरपश्चिम लगायत देशभर जनजीवन प्रभावित भएको छ। उक्त वर्षाले सुदूरपश्चिमका सबै जिल्लामा जनधनको ठूलो क्षति पु¥याएको छ।

बझाङ जिल्लाको थलारा गाँउपालिका अन्तर्गत डिक्ला गाउँ नै पहिरोले पुरिँदा २३ जना बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी छ । बाढी, पहिरो पीडितको उद्दार र खोजीको लागि हेलिकप्टर चैनपुर पुगिसकेको छ।

बुधवार बिहानै बझाङका साँसद प्रकाश ‘स्नेही’ रसाइलीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर तत्काल उद्दार र राहत उपलब्ध राउन आग्रह गरेका थिए। उनको आग्रह नेपाली सेनाको हेलिकप्टर सो स्थानमा गएको बताइएको छ।

साँसद रसाइलीले गृहमन्त्री खाँणलाई उद्दारसहित राहातको प्याकेज तत्काल पठाउनसमेत आग्रह गरेका छन्। मन्त्री खाँणले आमनागरिकको सुरक्षा, राहात र उद्दारमा कुनै कमी नहुने बताएका छन्। पीडितको उद्दारका लागि भर्खरै नेपाली सेनाको हेलिकप्टर देउले विमानस्थलमा अवतरण भएको हो।

अब केही छिनमा प्रभावित क्षेत्रमा गएर बेपत्ता भएकाको खोजी गर्ने प्रहरीले जानकारी दिएको छ। पहिला बेपत्ताको खोजी कार्य गर्ने हो, त्यसपछि बिस्थापित भएकालाई राहत दिने काम गर्ने बताइएको छ।

मंगलबार दिउँसो थलारा गाउँपालिका–४ डिक्लामा गाउँको माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन्।  अहिले उद्दार टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ।

स्थानीय शिक्षक मदन साउँदले २४ घन्टा बितिसक्दा पनि उद्दार टोली घटनास्थल नआएकोप्रति गुनासो पोखेका छन्।

त्यसैगरी साँसद स्नेही रसाइलीले सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याललाई भेटी सदरमुकाममा अबरुद्ध भएको टेलिफोन सेवा तत्काल मर्मत गरी सुचारु गर्न निर्देशन दिएका छन्। सचिव अर्यालले बुधवार साँझसम्म मर्मत गरी सेवा सुचारु हुने बताएका छन्।

 

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !