कास्की कांग्रेसको उपसभापतिमा कुवर र भण्डारी

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै दुई सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी बने । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गरे । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर ढुङ्गाना विजयी बन्नुभएको छ । पोखरा महानगरपालिकाबाट खुल्ला सदस्यमा डा दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने ९युवराज० र विश्वशङ्कर पालिखे विजयी बनेका छन् ।

त्यस्तै रुपा गाउँपालिकाबाट खुल्ला सदस्यमा खेमबहादुर गुरुङ र महिलामा दक्षिणा सुवेदी, मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा खुल्ला सदस्यमा क्रमशः ऋषिराम सुवेदी र सुदीप गौतम विजयी बन्नुभएको छ ।

समानुपातिक खस आर्यतर्फबाट खुल्ला सदस्यमा रामजीप्रसाद कोइराला र गणेश बस्नेत, समानुपातिक आदिवासी जनजाति तर्फबाट खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल, समानुपातिक ९मधेशी वा थारु वा मुस्लिम० सदस्यमा कसीरन मिया विजयी बन्नुभएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गताबाट भीमप्रसाद पौडेल विजयी बन्नुभएको छ । सभापति पदमा आइतबार नै किशोरदत्त बराल निर्वाचित भइसक्नुभएको छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !