कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

आजभोलि

नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसैगरी केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !