सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

आजभोलि

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।

श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिनुभयो ।

क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ ।
श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।

थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिनुभयो ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !