कर्मचारी युनियनको महाधिवेशन फागुन २१ मा हुने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।

युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित भएको थियो ।

युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्यमापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिनुभयो । उपमहासचिव फुँयालले माघमा नै महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !