काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय कार्यसमिति बैठक बुधवार बस्दैछ । बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जनाएका छन् ।
बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठक बिहीवारसम्म चल्नेछ ।