१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

आजभोलि

काठमाडौं । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ ।

जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो ।

तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आउनुभएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बहाना नगरी काम सक्न निर्देशन दिनुभएको हो ।

आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताउनुभयो । आयोजनाको काम २०७४ फागुनबाट सुरु भएर पनि बजेटको अभाव, कामदारको अभाव, विद्युत् विस्तारलगायतका कारण काम ढिलो भइरहेको उपभोक्ता समितिले बताउँदै आएको छ ।

मन्त्रालयको टोलीसमक्ष उपभोक्ता समितिले चैत मसान्तसम्म आयोजनाको काम सकेर एक घर एकधाराको रुपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयको टोलीले आयोजना स्थलमा आएर अनुगमन गरि उपभोक्ता समितिलाई काम चाँडो सक्न निर्देशन दिएपछि उपभोक्ता समितिले मन्त्रालयले भुक्तानीमा बाधा नपु¥याए चैत मसान्तसम्म उपभोक्तालाई पानी खुवाउने प्रतिबद्धता जनाएको थियो ।

वडाध्यक्ष अर्जुनबहादुर केसीले खानेपानी आयोजनाको काम कहिले सकिन्छ भनेर नागरिकस्तरबाट दबाब आइरहेको जनाउँदै अब समितिले रातदिन नभनी काम गरेर उपभोक्ताको घरसम्म पानी खसाल्नुपर्ने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार लमाएखोलाबाट कोटसम्म एक हजार ५०० मिटर माथिसम्म पाइपलाइन विस्तार भइसकेको छ । लिमिकोटमा दुई लाख लिटरको मुख्य रिजर्भवेयर ट्याङ्की, भूमेकोटमा एक लाख लिटर, थुममा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको ट्याङ्की निर्माण भइसकेको उहाँले बताउनुभयो ।

थापाठानामा ट्याङ्की र पाइपलाइनको काम पनि चलिरहेको छ । अहिलेसम्म रु तीन करोडको हाराहारीमा रकम खर्च भएको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट एक हजार ५० घरपरिवारमा पानीको सुविधा पु¥याउने लक्ष्य रहेको छ ।

  • २६ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !