‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’

आजभोलि

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मकवानपुरमा मात्र रहेको वनकरिया समुदायको माग राज्यले पूरा गर्न सक्ने बताउनुभएको छ ।

वनकरिया समुदायमा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको स्थानीय तहहरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तालिममा उहाँले वनकरियाको गाँस, बास र कपासको जिम्मा राज्यको रहेको र त्यसमा पनि अति लोपोन्मुख जातिका रूपमा रहेको यस समुदायको माग सम्बोधन गर्नुपर्ने प्रमुख शर्माको भनाइ छ ।

वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ स् मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर उहाँले वनकरियाको समस्या समाधान गर्नेमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनको क्षेत्रमा बसोबास गर्दै आइरहेको उक्त बस्तीलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो ।

उहाँले वनकरिया बस्ती नजिकै रहेको विपन्न चेपाङ बस्तीसहित बस्ती स्थानान्तरण गरिने बताउनुभयो । आफ्नो समस्या सम्बन्धित निकायमा भन्नलाई समेत शिक्षाको आवश्यकता पर्ने जनाउँदै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अनुरोध गर्नुभयो ।

वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या भनेको जग्गाको रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराउनुभयो ।

  • ११ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !