काभ्रेमा ३० दल, तीन लाखभन्दा बढी मतदाता

आजभोलि

आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । त्यस्तै अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख उमेशकुमार राईले बताउनुभयो ।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । काभ्रेपलाञ्चोकमा दर्ता भएका ३० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने राईले बताउनुभयो । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।

काभ्रेपलाञ्चोकमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् । यसमध्ये एक लाख ५४ हजार १८३ पुरुष, एक लाख ४९ हजार ३७५ महिला र अन्य दुईले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा १८९ मतदानस्थल र ३८१ मतदान केन्द्र व्यवस्थित गर्ने भएको हो । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । ३७ हजार ५८१ मतदाता रहेको बनेपा नगरमा २४ मतदानस्थल र ४९ मतदान केन्द्र तोकिएको छ । ३८ हजार १४५ मतदाता रहेको पनौती नगरमा २० मतदानस्थल र ४४ वटा मतदान केन्द्र, २९ हजार ६९७ मतदाता रहेको पाँचखाल नगरमा १८ मतदानस्थल र ३७ मतदान केन्द्र, २५ हजार ५०८ मतदाता रहेको जिल्ला सदरमुकाम धुलिखेल नगरमा तोकिएको १९ वटा मतदानस्थल र ३४ वटा मतदान केन्द्र तोकिएको कार्यालयले जनायो ।

यस्तै २५ हजार ९५२ मतदाता रहेको नमोबुद्ध नगरमा १६ मतदानस्थल र ३० वटा मतदान केन्द्र, २८ हजार ५३१ मतदाता रहेको मण्डनदेउपुर नगरमा १६ मतदानस्थलमा ३६ मतदान केन्द्र तथा २२ हजार ५४३ मतदाता रहेको रोशी गाउँपालिकामा १४ मतदानस्थल र २८ वटा मतदान केन्द्र, १० हजार ३०९ मतदाता रहेको खानीखोलामा नौ मतदानस्थल र १५ मतदान केन्द्र व्यवस्थित गरिएको जनाइएको छ ।

बीस हजार १९१ मतदाता रहेको चौँरी देउरालीमा ११ मतदानस्थल र २४ मतदान केन्द्र, २१ हजार १०८ मतदाता रहेको तेमालमा १२ मतदानस्थल र २७ मतदान केन्द्र, १४ हजार ५५१ मतदाता रहेको बेथानचोकमा नौ मतदानस्थल र १८ मतदान केन्द्र १७ हजार २४ मतदाता रहेको भुम्लुमा १३ मतदानस्थल र २३ मतदान केन्द्र र १२ हजार ४२० मतदाता रहेको महाभारतमा आठ मतदानस्थल र १६ मतदान केन्द्र व्यवस्थित गरिनेछ ।

  • १९ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !