लमजुङमा १६ हजार मतदाता बढे

आजभोलि

काठमाडौं । लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् । २०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चार सय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार चार सय ९४ जना मतदाता कायम भएको छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा भने जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।

जिल्लाको विवरणअनुसार सबैभन्दा धेरै मतदाता सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा मात्रै १२ हजार चार सय ९१ पुरुष र १३ हजार सातसय १६ महिला सहित २६ हजार दुई सय सात मतदाता कायम भएको पाइएको छ ।त्यसैगरी जिल्लामा सबैभन्दा कम मतदाता दुधपोखरी गाउँपालिकामा रहेका छन् । दूधपोखरीमा ४ हजार ५ सय सात पुरुष र ४ हजार ३ सय ८१ महिला सहित आठहजार, आठसय ८८ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले पछिल्लो अद्यावधिकमा मात्रै ९ हजार ६ सय ३० मतदाताको नामावली निर्वाचन आयोगमा पठाएको थियो । सो बाहेक मतदाता नामावली अद्यावधिकका लागि दिएको समय सीमामा परेका निवेदन वा उजुरीको आधारमा जिल्लाबाट १ हजार ३ सय एक जनाको नाम हटाउनका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।

यसअघिको निर्वाचन पश्चातको अवधीमा बसाइँसराइ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरूको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले जानकारी दिए ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !