काठमाडौं महानगरपालिका वडा नं .४ को वडा अध्यक्षमा भण्डारीले उम्मेदवारी दिने

आजभोलि

काठमाडौं । स्थानीय तहको निर्वाचनको सरगर्मी बढिरहेका बेला पार्टी कार्यकर्ताहरु मात्र हा सञ्चारकर्मीहरुको पनि उत्तिकै चर्चा चल्न थालेको छ ।

जिल्ला जिल्लामा रहेको पत्रकारहरु मेयर र उपमेयरकै दावी गरिरहेका बेला काठमाडौं कै रैथाने पत्रकार एवं अहिले कृषि पत्रकार महासंघका केन्द्रिीय अध्यक्ष समेत रहेका वैकुण्ठ भण्डारीले काठमाडौं महानगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारका तर्फबाट उम्मेदवारी दिने चर्चा चल्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको ३२ वडा मध्ये ठूलो वडामा पर्ने वडा नं. ४ मा अघिल्लो स्थानीय तहको निर्वाचनमा थोरै मतले नेकपा एमालेका तर्फबाट मोहन विष्ट निर्वाचित भएका थिए भने उनका प्रतिद्धन्दीका रुपमा रहेका नेपाली कांग्रेसका अनिश सापकोटाले झिनोमतले हार व्यहोर्नु परेको थियो ।

काठमाडौं वडा नं. ४ को अध्यक्षमा स्वतन्त्र उम्मेदार बन्न लागेका भण्डारी २५ वर्षदेखि पत्रकारिता तथा नाट्य क्षेत्रमा क्रियाशील व्यक्तिहुन् । नेपाल नाट्य संस्था महासंघका संस्थापक अध्यक्ष, कृषि पत्रकार महासंघका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रहेका उनी २०६३ सालमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा स्वतन्त्र उम्मेदवारबाट नै कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

भण्डारी यतिखेर नेपाल टेलिभिजनबाट प्रशारण हुने काठमाडौं महानगरपालिकाको दैनिक टेलिभिजन कार्यक्रम हाम्रो काठमाण्डौंका कार्यक्रम निर्माता एवं प्रस्तोता समेत हुन् । पछिल्लो एक दशकदेखि सुशासनका लागि र भ्रष्टाचार विरुद्धको अभियानमा खरो उत्रिएका भण्डारीले काठमाडौं महानगरपालिकालाई नजिकबाट बुझेका व्यक्ति हुन् ।

  • २६ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !