काठमाडौं । अहिले नेपालमा पार्टीहरु टुट्ने, फुट्ने, नयाँ निर्माण हुने बाढी आइरहेको छ । त्यसै मेसोमा देशभक्त जनमोर्चा नेपालको बागमती प्रदेश भेला २०७८ चैत ३० गते काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त भेलामा जनमोर्चाका केन्द्रीय अध्यक्ष नाम्गेल मोक्तान र कोषाध्यक्ष भोजराज खनालको विशेष उपस्थिति रहेको थियो । भेलाले १७ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ ।
जसमा अध्यक्ष–दीपकप्रसाद दाहाल (भक्तपुर), सचिव राममणि सिटौला (नुवाकोट), कोषाध्यक्ष–गङ्गा केसी (सिन्धुपाल्चोक)लगायतको कार्यसमिति चयन गरेको छ ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा आ–आफ्नो राजन्ीितिक प्रभाव र हैसियत अनुसार उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ । विभिन्न पार्टीका स्थानीय नेताहरुले आफ्नो उम्मेदवारी दावी गर्ने क्रमपनि बढेको छ ।
त्यसैगरी आदेशभक्त जनमोर्चा नेपालका अध्यक्ष दीपकप्रसाद दाहाल सुर्यविनायक नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । यसपालिका निर्वाचनमा पार्टीका ट्याग लागेका उम्मेदारभन्दा स्वतन्त्र उम्मेदवारको उपस्थिति अर्थपूर्ण देखिने सर्वसाधारणको आँकलन छ ।