बङ्गुरपालनबाट मनग्य आम्दानी

आजभोलि

दाङ । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जम्नु भएको छ ।

कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उहाँ घर फर्किनुभयो । घर फर्किएपछि घर खर्च चलाउन उहाँलाई धौधौ प¥यो । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गर्नुभयो । उहाँले २१ वर्षसम्म भारतमा होटलमा काम गर्नुभयो । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य हुनुभयो । केही गर्नुपर्छ भन्ने मनसायले उहाँले घर छेउमा सानो खोर बनाउनुभयो ।

“दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उहाँले भन्नुभयो । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उहाँले १५ कट्ठा जग्गा वार्षिक रु १० हजारका दरले भाडामा लिई व्यवसाय बढाउनुभयो । रु दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउनुहुन्छ । “अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बङ्गुर पालेको छु”, उहाँले भन्नुभयो ।

डिउरो र योर्कसायर जातका बङ्गुर उहाँले पाल्नुभएको छ । छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उहाँ उत्साहित हुनुभएको छ । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उहाँले व्यावसायिकरुपमा बङ्गुुरपालन थाल्नुभएको हो । घाँस र दाना खुवाएर घर्तीमगर बङ्गरपालनमा रमाउनुभएको छ ।

एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । उहाँले १२ खोरमा फरक फरक उमेरका बङ्गुर पाल्नुभएको छ । “अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु”, उहाँले भन्नुभयो,“फ्रेसहाउस आफँैले सञ्चालन गर्ने योजना छ ।” पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेको घर्तीमगरले बताउनुभयो ।

घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ५० हजार ऋण लिएर व्यावसाय सुरु गरेको उहाँले बिगत सुनाउनुभयो । बङ्गुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उहाँको छ । मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु ३०० देखि रु एक हजार दिने गरेको घर्तीमगर बताउनुहुन्छ ।

दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुुरलाई राम्रो मानिन्छ । यी बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो । घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बङ्गुुर फार्म दर्ता भएको बताउनुभयो । बङ्गुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ । बङ्गुरपालक किसानले वर्षमा रु १२ लाखदेखि रु १५ लाखसम्म आम्दानी गर्दैआएका छन् । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बङ्गुर ल्याएर वितरण गरेको उहाँले बताउनुभयो ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !