बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

आजभोलि

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ ।

जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नं १ मा १८, वडा नं २ मा २१, वडा नं ३ मा २५, वडा नं ४ मा २२, वडा नं ५ मा १८, वडा नं ६ मा २२, वडा नं ७ मा १६, वडा नं ८ मा २२, वडा नं ९ मा २४, वडा नं १० मा २६, वडा नं ११ मा २६, वडा नं १२ मा २७ र वडा नं १३ मा २० जनाको उम्मेदवारी परेको भट्टराईले बताउनुभयो ।

बूढानीलकण्ठमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा ९एमाले०बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा ९माओवादी केन्द्र०बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिनुभएको छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा नेकपा ९एमाले०का उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी हुनुभएको थियो ।

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !