काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएको छ ।
सपथसँगै विगत लामो सायदेखि प्रदेश प्रमुख नहुँदा प्रदेश सांसदले सपथ लिन पाएका थिएनन् । र, राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुँदै आइरेको थियो ।
शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल रहेका छन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रि, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख उपस्थित रहेका थियो । सपथपछि राष्ट्रिय सभाको निर्वाचन तथा प्रदेश सरकार बन्ने बाटो खुलेको छ ।