बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

आजभोलि

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्ररमण खनालले छ हजार ७४९ मत ल्याउनुभयो ।

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७६६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले सात हाजर २७४ मत ल्याउनुभयो ।

बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो । उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित दशवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यसपटक पालिकातहमा गठबन्धन भए पनि वडातहमा भने दलहरुबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । पालिकाको तेह्रमध्ये वडाध्यक्ष पदमा सात वडामा कांग्रेसका उम्मेदवार, चारमा एमाले र दुईवटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् । बेलकोटगढीको अन्तिम नतिजा आएसँगै नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेस, चारमा माओवादी र एकवटामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा माओवादीका उम्मेदवार र चारवटा पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवं उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा माओवादी, एघार पदमा कांग्रेस र एक पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !