‘सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छु’

आजभोलि

काठमाडौं । टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताउनुभएको छ ।

दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएसँगै शुक्रबार साँझ पदभार ग्रहण गर्दै उहाँले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै सबै राजनीतिक दल र जनतालाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताउनुभएको हो ।

“टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिको हो, यसको विकासका लागि म निरन्तर लाग्नेछु”, उहाँले भन्नुभयो । उहाँले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बित्यो, विकासको जग बसालेका छौँ, त्यसलाई पूरा गर्न अब हामी एकजुट भएर लाग्नेछौँ”, उहाँले भन्नुभयो । आगामी पाँच वर्षमा टोखा नगरपालिकाले ठूलो विकास गर्ने उहाँको भनाइ थियो । नगरप्रमुख अधिकारीले सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताउनुभयो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अधिकारीले नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १६६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी हुनुभएको छ । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गर्नुभएको थियो ।

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !