सल्यान । सोमबार दिउँसो सल्यानको त्रिवेणी रुकुमबाट दाङको घोराही जाँदै गरेको ना५ ख ५३१ नम्बरको एक यात्रीबहाक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । र, दुर्घटनामा अरु १२ जना गम्भीर घाइते भएका छन् । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।
मृत्यु हुनेमा सल्यान, बाघचौर नगरपालिका-१० की ६५ वर्षीया सञ्चरी बिक र रुकुम, मुसिकोट नगरपालिका-६ की २४ वर्षीया पुष्पा केसी खड्का छन् । बाँकी दुईजनाको भने सनाखत भएको छैन ।
स्थानीय सल्लेखोला भन्ने ठाउँमा भएको घाइतेहरुको सल्यानका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगन्ज मेडिकल कलेज पठाउने तयारी गरिएको जनाइएको छ ।