गरिब जनताको ढाँडै सेक्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य पुन : वृद्धि गर्ने आयल निगमको तयारी

आजभोलि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने संकेत गरेको छ । बुधबार राती इण्डियन आयल कर्पोरेसन ९आइओसी०बाट प्राप्त नयाँ मुल्यसूची सार्वजनिक गर्दै निगमले यस्तो संकेत गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी निगमको छ । निगमले हाल आईओसीलाई १६ अर्ब तिर्नै बाँकी छ, यो जुन महिनाका लागि पहिलो किस्ता बापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ यहि ८ तारिखमा भुक्तानी गर्नु पर्ने बाध्यतामा निगम छ ।

आइओसीले निमलाई बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ ।

हालको मुल्य अनुसार निगमलाई पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको छ । त्यसै गरी १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन जेठ १ गतेदेखि सरकारी कार्यालयहरुमा सातामा दुई दिन विदा दिन सुरु गरेको छ । तर दुई साताको अवस्था हेर्दा इन्धनको खपत खासै घटेको देखिएको छैन ।

 

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !