नेपालगंजमा शालिकको निहुमा झडप हुँदा स्थिति तनावग्रस्त

आजभोलि

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । उपमहानगरपालिकाको वीरेन्द्रचोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको हो ।

आज बिहान राप्रपाका केही नेता कार्यकर्ताले सुटुक्क राजा विरेन्द्रको शालिक राखेको खबरपछि प्रहरी पुगेर त्यो शालिक हटाएको थियो । त्यसक्रममा केहीबेर स्थिति तनाबपूर्ण बन्दा प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको थियो।

यहाँ पृथ्वीनारायणको शालिक पनि विगतमा सहमतिमा राखिएको थियो । त्यस्तै सहमति गरी राजा विरेन्द्रको शालिक राखेको भए पनि सुटुक्क राख्दा प्रहरीले हटाएको बुझिएको छ ।

राप्रपका कार्यकर्ताले शालिक राखे लगतै अरू राजनीतिक दल तथा समुदायका मानिसले तीब्र विरोध जनाउन थालेपछि प्रहरीले राजा विरेन्द्रको शालिक राखेको केही बेरमै हटाउन खोज्दा विवाद बढेको थियो ।

राप्रपाका कार्यकर्ताले त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यसलाई रोक्न झन्डै ४ राउन्ड जति हवाई फायर गरेको प्रजिअ छ ।

हाल त्यस ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले धम्बोजी चोक क्षेत्रलाई प्रहरीको आफ्नो नियन्त्रणमा राखेको छ । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !