काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि साधारण सेयर आइपिओ खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ खुला गरेको हो ।
सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३० प्रतिशत अर्थात् ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये ३ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।
यस्तै, बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ । जसमध्ये १२ हजार कित्ता आइपिओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कम्पनीले बागलुङको ताराखोला गाउँपालिकाका लागि आइपिओको बिक्री खुलाएको हो । यस्तै, गलकोट नगरपालिकाका स्थानीयवासीले समेत आइपिओमा आवेदन दिन सक्नेछन् ।