काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले असार १ बाट लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६।०३ प्रतिशत दिनेछ भने अधिकतम ७।०५ प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०।०३ प्रतिशतदेखि अधिकतम ११।०३ प्रतिशतसम्म निर्धारण भएको छ । बैंकको ब्याजको आधारदर ६।९७ प्रतिशत कायम गरेको छ ।