अत्यधिक महंगी विरुद्ध खोटङमा राँके जुलुस प्रदर्शन

आजभोलि

खोटाङ । महंगी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् ।

युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरिएको हो । राँके जुलुस प्रदर्शनका क्रममा युवा तथा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

भवनगैरा पुगेपछि राँके जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र प्रदर्शनकर्ताबीचमा राँको खोसाखोस गर्न घम्साघम्सी चलेको थियो । राँके जुलुस प्रदर्शनपछि त्रिबेणीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रसकुमार राईले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा सरकार मुकदर्शक बनेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै महंगी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेका थिए ।

 

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !