माओवादीको पोलिट्ब्युरोमा गण्डकीका २१ जना

आजभोलि

पोखरा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् ।

१२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् ।

बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणी खड्का, किसान शर्मा र कपिल लामा पोलिट्ब्युरो बनेका हुन् । तिमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् ।

गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो । गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।

 

  • २५ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !