कांग्रेस केन्द्रीय समितिमा आज मन्त्रीहरूले जवाफ दिँदै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। सानेपामा आज दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक राखिएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको बुधबार एक वर्ष पुगेको छ।

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र अहिलेसम्म देखिने तथा सुनिने गरी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि मन्त्रीहरूले जवाफ दिन लागेका हुन्। बुधबार नेता प्रकाशमान सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका थिए। चुनाव आउनै लागेकोले के भनेर जनताका माझ जाने भन्ने उनको प्रश्न थियो। कांग्रेस नेता रामहरि खतिवडाका अनुसार आज मन्त्रीहरू बोल्ने कार्यक्रम तय भएको छ।

काठमाडौँ । प्रधानमन्त्री देउवाले अर्थ र रक्षा मन्त्रालय पनि सम्हालेका छन्। कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार मन्त्री, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री, दीलेन्द्रप्रसाद बडू उद्योग मन्त्री, नारायण खड्का परराष्ट्र मन्त्री, उमाकान्त चौधरी खानेपानी मन्त्री, उमेश श्रेष्ठ राज्यमन्त्री छन्।

बुधबार मन्त्री कार्कीले केन्द्रीय समितिमा यो सरकार बनेपछि संविधान र लोकतन्त्रको रक्षा भएको र जनतालाई कोरोनाविरूद्ध खोप दिइएकोलगायत विवरण सुनाएका थिए। गत सोमबारदेखि कांग्रेसले चुनावी समीक्षा र विविध प्रस्तावमाथि केन्द्रित रहेर छलफल गरिरहेको छ।

 

  • ३० असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !