जनार्दन प्रकरणः सीसीटीभी फुटेजकाबारेमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दै

आजभोलि

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिले सीसीटीभी फुटेजका विषयमा आज प्राविधिक तथा विज्ञसँग छलफल गर्न लागेको छ । समितिले आजदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने बताएको छ ।

त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रीत भएको हो ।

हिजोको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मङ्गलवारदेखि काम सुरु गरेको थियो ।

समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो । जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज मगाए पनि असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराइएको छ ।

 

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !