मकवानपुर । नेकपा एमाले संसदलीय दलका नेता डोरमणी पौडेल प्रदेश नम्बर ३ मुख्यमन्त्रीमा नियुक्ति भएको छन् । उनलाई प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको हो । नेकपा ९एमाले० प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेल गणतन्त्र नेपालको पहिलो मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिएका छन् । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ । उनी संसदीय दल नेतामा एमालेकी अष्टलक्ष्मी शाक्यलाई हराए निर्वाचित भएका थिए ।