मेरो जापान भ्रमणले दुई देशको आर्थिक सहयोगलाई विस्तार गर्नेछ ः प्रचण्ड

आजभोलि

टोकियो । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको दावी गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण जापानले पेस गरेको उनले बताएका छन् । उनले आफ्नै बलमा कसरी माथि पुग्न सकिन्छ भन्ने कुरा जापानबाट सिक्न सकिने बताए ।

प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सीप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए । सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो । प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल(जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताएका छन् ।

‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले थपे, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ ।’ उनले जापानमा अध्ययन गरिरहेका विद्यार्थी र व्यवसायीहरुको विषयमा पनि जानकारी लिने बताएका छन् ।

नेतृत्वले इमान्दार प्रयास गर्‍यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डले बताए । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफ्नो जापान भ्रमण र यहाँका नेपालीहरुसँगको अन्तरक्रिया फलदायी हुनेमा उनी ढुक्क देखिए ।

  • २१ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !