सर्वोच्चको आदेशमा बालेनको असन्तुष्टि

आजभोलि

काठमाडौँ । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार मेयर शाह आफैँ पुगेर सूचना टाँस गरेका थिए । तर अदालतले यसलाई रोकेपछि शाहले सामाजिक सञ्जालमा भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

सर्वोच्च अदालतले यस विषयमा छलफल गर्न आउँदो सोमबार दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षको बहस सुनेपछि यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने अर्को आदेश हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलको भनाई छ ।

उनकाअनुसार कुनै पनि विषयमा रिट पर्दा इजलासले दुवै पक्षलाई बहसमा बोलाउनु र त्यतिन्जेल निर्णय कार्यान्वयन नगर्नू भनी अल्पकालीन आदेश दिनु सामान्य कानुनी प्रक्रिया हो ।

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !