काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय बन्नेछ । उनले आफू दलको नेतामा चुनिए लगत्तै गच्छदारलाई उपनेतामा मनोनित गरेका हुन् । गच्छदारको इन्ट्रीसँगै कांग्रसभित्रको समिकरण बदलिएको छ ।
यस अघि सभापति देउवाका नजिक मानिए विमलेन्द्र निधी निर्वाचन पराजयसँगै कमजोर भएका हुन् । उनलाई सभापति देउवाले उपभापतिमा मनोनित गर्ने हल्ला चले पनि पछिल्लो समयमा सभापति देउवासँग उनको सम्बन्ध चिसिदै गएको जनाइएको छ ।
सोमरबार नै प्रमुख सचेतक तोकिने भनिए पनि सहमित नभएको कारण तोकिएन । सोमवार विहानको बैठकमा मिनेन्द्र रिजाललाइै तोक्ने सहमति भए पनि आन्तरिक कारणले मनोनित गर्न सकिएन ।
संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।