काठमाडौं । नेपाली कांग्रेसले भदौ २० गतेसम्म प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेको नाम सिफारिस गर्न तल्लो कमिटीलाई निर्देशन दिएको छ ।
महामन्त्री गगनकुमार थापाले प्रदेश कार्य समिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र पठाउँदै भदौ २० गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् ।
उम्मेदवारको नाम सिफारिस गर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बढीमा ३ जना र समानुपातिकतर्फ कम्तीमा एक महिलासहित २ जनाको नाम सिफारिस गर्न भनिएको छ ।