त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्न शिक्षा मन्त्री पौडेललाई २९ बुँदे ज्ञापन पत्र

आजभोलि

काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा शैक्षिक विकासका लागि तत्कालिन र केही संरचनागत समस्याको सम्बोधन गर्न माग गरेका छन्।

त्रिविलगायत विश्वविद्यालयमा भइरहेका बेथितिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न पनि नेविसंघको माग छ। यस्तै विश्वविद्यालयका पदाधिकारी र विद्यालयका प्रधानाध्यापक दलीय भागबन्डाका आधारमा गरिने विद्यमान प्रणाली अन्त्य गरी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ।

मनपरि ढंगले शुल्क अशुल्ने मेडिकल तथा इन्जिनियरिङ तथा कानून विषय पढाइ हुने कलेजलाई नियमन गर्न पनि नेविसंघको माग छ। एसईई पास भई कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीलाई भर्नामा ५० प्रतिशत मिनाहा गर्न पनि शिक्षा मन्त्रीसँग नेविसंघले माग गरेको छ।

सिटिईभिटीलाई प्रदेश संरचनामा विस्तार गर्न, उच्च शिक्षा हासिल गरेकालाई रोजगारी सिर्जना गर्न, एक विद्यालय एक नर्स व्यवस्था गर्न, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नलगायत माग पनि शिक्षा मन्त्री पौडेललाई नेविसंघले राखेको छ।

 

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !